लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेश:मानवसेवा आश्रममा सहयोग

  • ख-
  • ख+

पोखरा । लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेश गरेको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सो अवसरमा पोखरा २५ हेम्जास्थित मानवसेवा आश्रममा खाद्यन्न , बितरणका साथै बृक्षारोपण समेत गरिएको छ ।
समारोहमा लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठालगाएत अन्य पदाधिकारीले आश्रमका अभिभावक दिनेश शर्मा खाद्यन्न हस्तान्त्रण गरेका थिए । आश्रममा आवश्यक रहेका दाल तेल र मरमसलाहरु हस्तान्त्रण गरिएको हो ।
कार्यक्रमा बोल्दै लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठाले साँचिकै मानव सेवामा रहेको उक्त आश्रमलाई आफ्नो क्लवले थप सहयोग गर्ने वताउनुभयो । पिडिजी धुब थापाले धर्मका लागि मन्दिरमा मात्र होईन मानव सेवामा भगवान खुशी हुने वताउनुभयो ।
कार्यक्रमा क्लवका अध्यक्ष गुरु पौडेल, लाईन्सका बिभिन्न पदाधिकारी मध्ये, तेज बहादुर भटट्राई , प्रजापति बास्तोला, पुरुषोतम पराजुली , क्लका संस्थापक अध्यक्ष अर्जुन बन्जरा, जगदिश अधिकारी र कार्यक्रम सम्योजक रमेश पौडेलले लाईन्सवाद र मानव सेवाका बारेमा बोल्नुभएको थियो । सो अवसरमा संस्थापकहरुलाई सम्मान गरिएको छ ।
आश्रमका अभिभावक दिनेश शर्माले हाल आश्रमा १ सय भन्दा बढी असक्क्त,बिरामी मनोरोगी र बृद्धहरु रहेको वताउनुभयो ।
उनले सवैको साथ र सहयोग वाट आश्रम सञ्चालन भएको वताउनुभयो । ६३ रोपनी जग्गामा रहेको सो आश्रमको गुरु योजना १ अरवको रहेको छ । हाल ३ तले भवन समेत निमार्णाधिन रहेको छ । सो भवनका लागी लाईस क्लव ३२५ बिले १ लाख डलर सहयोग गर्न बचन यस अगाडी गर्वनर बिशेश्वर आर्चायले वताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?