तनहूँ । प्रतिनिधसिभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का माननिय सासंद केदार सिग्देलले विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
संघिय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको वारेमा निरिक्षण तथा अनुगमन गर्नुभएको हो ।
यसैगरि जनज्योति क्याम्पस भिमादमा क्याम्पसमा भएको समस्या, प्रगति विवरण र शिक्षाको विषयमा विद्यालय व्यवस्थापन समिती, प्रधानाध्यापक र सरोकारवाला सँग छलफल गर्नुभएको थियो । सो निरिक्षण कार्यक्रममा भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष ईमान सिंह थापा लगायतको उपस्थिती रहेको थियो ।
यसैगरि सासंद सिग्देलले भिमाद, सिस्नेरी, भागर मोटरमार्गमा रहेको छिउदी खोलामा मोटरमार्ग पुलमा भएको वजेट विनियोजनको काम, प्रगति विवरण र अवको कामको वारेमा सरकोकार वाला सँग समन्वय गरि काम छिटो सक्नु निर्देशन दिनुभएको थियो । वजेट निकासा हुने तर समयमा काम सम्पन्न नहुने राष्ट्रिय समस्या भएको हुदाँ यसले आम जनताको जनजिविकामा गम्भिर असर परेकोले समयमा काम सम्म गर्न निर्देशन दिनुभएको थियो । विकास निर्माणमा ढिलासुस्तीले यसको लगानीमा समेत समस्या परेको हुदाँ त्यसमा सवैले सजगता अपनाउनुपर्ने समेत वहाँले वताउनुभयो ।








