तनहूँ । बसको ठक्करबाट तनहूँ जिल्ला देबघाट गाउँपालिका वडा नं. ५ क्युदीका ११ को रिभेज तामाङ मृत्यु भएको छ । देबपुर दासढुङगा सडक खण्डमा ग १ क ३०३४ नं. को बसले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिएपश्चात गम्भिर घाईते हुनुभएका उहाँलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा २३ गते बिहान १०ः५२ बजेको समयमा चिकित्सकले उहाँलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका नायव प्रहरी उपरिक्षक युवराज खड्काले बताउनुभएको छ ।
थप अनुसन्धानका लागि बस चालक जिल्ला देवघाट गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४४ को खम बहादुर मगरलाई पक्राउ गरीएको पनि खड्काले जानकारी दिनुभएको छ ।








