तनहूँ । व्यास नगरपालिका वडा नं. २ दमौली बजारको लक्ष्मी टोलको घण्टाघरमा पिपल उम्रिएको छ । १८ लाखको लागतमा निर्माण गरिएको उक्त घण्टाघरको शिरमा राखिएको ४ वटा घडिमध्ये २ वटामा पिपल उम्रिएको छ । ४ दिशामा राखिएका ४ वटा घडि मध्ये कुनै पनि संचालनमा आएका छैनन् भने घडिको भौतिक अवस्था बिग्रेर काम नलाग्ने भएको देखिन्छ ।
”नगरपालिकाको बजेट सक्नको लागि निर्माण गरिएको होला ? नत्र हेरचाह हुनुपर्ने हो , घडि किनियो ,समय किन देखाउनुपर्यो र सोको लागि होला राखेको ! सार्वजनिक शौभालय नभएर बेहाल छ, नालीको अवस्था हेरिसाध्य छैन, हामी गाउँमा बस्नेलाई बाटो हिड्न कति गारो छ यहाँ पैसा कसरी सक्ने भनेर आईडिया लगाउछन् ” उक्त घण्टाघर छेउबाट हिडिरहेका एकजनाको बृद्धको भनाई थियो ।
२०७६ सालमा व्यास नगरपालिका आर्थिक सहयोगमा निर्माण गरिएको उक्त घण्टाघर निर्माण सम्पन्न पश्चात निकै महगों खर्चमा निर्माण गरिएको भनेर जनस्तरबाट व्यापक आलोचना भएको थियो । उक्त घण्टाघर दमौलीमा १८ लाखे घण्टाघरको नामले चर्चित छ ।












