सहृदयी मञ्च तनहूँद्धारा वडा नं. ६ सेखाटारका श्रेष्ठलाई ह्विलचियर प्रदान

  • ख-
  • ख+

तनहूँ । सहृदयी मञ्च तनहुूँद्धारा व्यास नगरपालिका वडा नं. ६ सेखाटारका शारिरिक अपांगता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित संस्था सहृदयी मञ्च तनहूँ नेपालको आयोजनामा म्याग्दे गाउँ पालिका वडा नं. ७ धयराघारीमा भएको एक कार्यक्रमका व्यास नगरपालिका वडा नं. ६ सेखाटार निवासी शारिरीक अपाङ्गता भएका बुद्धिकुमार श्रेष्ठका अभिभावक श्रीमाया श्रेष्ठलाई ह्विलचियर प्रदान गरिएको हो । संस्थाका अध्यक्ष सावित्री सुवेदी र सल्लाहाकार दीपक भण्डारीले संयुक्तरुपमा एक थान ह्विलचियर श्रेष्ठलाई प्रदान गर्नु भएको थियो ।
संस्थाकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णा थापाले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?