महंगी र भ्रष्टाचारको बिरुद्ध एमालेका भातृसंगठनहरुद्धारा दमौलीमा प्रर्दशन

  • ख-
  • ख+

तनहूँ । महंगी र भ्रष्टाचारको बिरुद्ध नेकपा एमालेका व्यास नगर भित्रका भातृ संगठनहरुद्धारा तनहूँको दमौलीमा विरोध प्रर्दशन तथा कोण सभा गरेका छन् । अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार भन्दै प्रर्दशनकारीहरुले दमौली परिक्रममा गर्नुभएको थियो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य एकबहादुर राना, नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमर भण्डारी, नेकपा एमाले व्यास नगरका अध्यक्ष बिरेन्द्र अधिकारी , राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाले विरोध सभालाई सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ व्यास नगर , अनेमा संघ व्यास नगर, नेपाल मुस्लिम इत्तेहाद संगठन व्यास नगर, प्रेस चौतारी तनहूँ लगायतका अन्य भातृ संगठनहरुको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेकपा एमाले जिल्ला पार्टि कार्यालय तनहुँबाट निस्किएर दमौली बजार परिक्रमा पश्चात आयोजित कोणसभामा वक्ताहरुले गठबन्धन सरकार हालसम्मकै नालायक सरकार भएको र तक्कालै अंशबन्डामा लगाएको कर फिर्ता गर्न, नागरिकता बिधेयक फिर्ता लिन, महङ्गी नियन्त्रण गर्न, यातायातमा करको दायरा घटाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले पाच दलबाट बनेको सरकारले केहि काम गर्न नसकेको, भष्ट्रचारमा मात्र गरेको समेत आरोप लगाउनुभएको थियो ।
राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा भएको कार्यक्रम व्यास नगर युवा संघका उपाध्यक्ष अजित पन्थले सन्चालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?