
तनहूँ । व्यास नगरपालिका वडा नं. हिमपानीका डिल बहादुर थापाले सहयोगको अपिल गर्नुभएको छ । ४५ बर्षका डिल बहादुर थापाको मृर्गौला खराब भएपछि उहाँ विगत २ बर्षदेखि काठमाण्डौमा उपचार गराईरहनुभएको छ ।
उपचार गराउदा गराउदा घरको आर्थिक अवस्था कमजोर भइसकेकोले उहाँलाई सहयोग गरेर उहाँको जिवनरक्षा गर्नको लागि स्थानिय शालिकराम शर्माले अपिल गर्नुभएको छ ।
श्रीमतीको साथमा रहेर थापाले २ बर्षदेखि काठमाण्डौमा उपचार गराईरहनुभएको छ भने उहाँको घरमा ८६ बर्षकी आमा र छोरा हुनुहन्छ ।
थापाको जिवनरक्षा गर्न चाहने महानुभावहरुले प्रभु बैक, बल्खु शाखाको डिल बहादुर थापाको बंक खाता नम्बर १८८०२०४०४५८०००१५ मा सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
उहाँसग सम्पर्क लागि मोवाईल नम्बर ९८१९११७२४० मा पनि सम्पर्क गर्नसक्नुहुनेछ ।