काठमाडौंको फोहोर उठाउन उत्रियो राष्ट्रिय युवा संघ नेपाल

  • ख-
  • ख+

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौंको फोहोर व्यवस्थापनमा खटिएको छ । संगठनले आज (सोमबार) नयाँ बानेश्वरमा फोहोर संकलन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता धेरै दिन नउठेको माहानगरको फोहोर उठाएका छन् । संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर सफाइ गरेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले बताउनु भयो ।

उनीहरुले फोहोर व्यवस्थापन गर्दा ध्यानपूर्वक गर्नुपर्ने सन्देशसहित व्यवस्थित रुपमा सफाई कार्यक्रम गरेका थिए । आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी फोहोर संकलनमा उत्रिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?