भानु १२ का मृर्गौला रोगीद्धारा मृर्गौला प्रत्योरोपणको लागि सहयोगको अपिल

  • ख-
  • ख+

तनहूँ । बुबाले मृर्गौला दिन चाहेपनि पैसाको अभावमा मृगौृला प्रत्यारोपण गर्न नपाउनुभएका अमर मजकोटीले आर्थिक सहयोग गरिदिनु हुन सबैमा अपिल गर्नुभएको छ । साबिक मिर्लुङ्ग गाबिस वडा नं ०४ हाल भानु नगरपालिका वडा नं. १२ कोटगाउं निवासी गुन बहादुर मजकोटीका छोरा बर्ष २५ का अमर मजकोटीले मृर्गौला प्रत्यारोपणको लागि सहयोग गर्न अपिल गर्नुभएको हो । बिगत लामो समयदेखी दुबै मिर्गौला फेल भई उपचार गराईरहनुभएका मजकोटीलाई उहाँको बुबाले मृर्गौला दिन चाहानुभएको छ ।
”उहाँलाई पुनर्जीवन दिनका लागि उहाँका बुबा गुन बहादुर मजकोटीले मिर्गौला दिन चाहनुभएपनि मिर्गौला प्रत्यारोपण गर्नका लागि ६/७ लाख रुपैयाँ लाग्ने अस्पतालले जानकारी गराएकोले उक्त रकम संकलनको लागि कोशिस गरिरहेका छौ” भानु नगरपालिका वडा नंं २ नारेश्वरटारका मनोज कुमार श्रेष्ठको भनाई रहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएर सहयोग दाताहरुबाट सहयोग लिएर औषधी सेवन गरिरहनुभएका मजकोटीको ५ बर्ष को नाबालक छोरा समेत हुनुहुन्छ।
उहाँको जिबन रक्षा केबल उहाँमा मात्र सिमित नभइकन उहाको परिवार र नाबालक छोराको भबिस्यसंग जोडिएकोले उहाँको जीवन बचाउनका लागि देश बिदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई उहाँको उल्लेखित खातामा सकेको रकम पठाएर सहयोग गरिदिनुहुन पनि मजकोटीले अपिल गर्नुभएको छ ।

खातावालाको नाम: अमर मजकोटी
बैंक: ग्लोबल आइ एम ई बैंक, गोङ्गबु शाखा
खाता नं ३५०७०१०२७७८०८
सम्पर्क: ९७४५३३६३२४ ९ -अमर मजकोटी )
९८२३३४१४५६९ गुन ब.मजकोटी
(मनोजकुमार श्रेष्ठको सहयोगमा तयार पारिएको)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्