तनहूँ । नेपाल घुम्न आउनुभएका करिब २९ बर्षिय रुसी नागरिक पिटर रुजिन खोलाले बगाई बेपत्ता हुनुभएको छ । साउन ३१ गते दिउसो करिब २ बजेको समयमा तनहूँको देवघाट गाउँपालिका वडा नं. ५ बेणीसंगम स्थित कालिगण्डकी नदी र त्रिशुलीनदीको संगम स्थलमा नुहाउने क्रममा अचानक डुबी पिटर बेपत्ता हुनुभएको हो ।
नेपाल भ्रमणको लागी आउनुभएका पासपोर्ट नम्बर ७५९१७६ ६१८ वाहक रुसी नागरिक पिटर बेपत्ता भएपछि निजको खोजतलास ई.प्र.का. देवघाट तनहूँको प्रहरी टोलीले गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।








