व्यास नगरपालिकामा नागरिक सहायता कक्ष र टोल फ्रि सञ्चालन

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकाले बुधबारदेखि नागरिक सहायता कक्ष र टोल फ्रि नं सञ्चालनमा ल्याएको छ । नगरपालिकामा आएका सेवाग्राहिहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने उदेश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । उक्त सहायता कक्ष मार्फत सेवाग्राहिहरुले आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपि निशुल्क रुपमा प्राप्त गर्नेछन ।
यसैगरि सम्पुर्ण नगरवासीले टोल फ्रि नं १६६०६५५२००६ मार्फत नगरपालिकाबाट प्रदान गरिएका सेवाहरुका बारेमा जानकारी लिन तथा नगर सित सम्बन्धि सम्पुर्ण कामहरुका बारेमा सुझाब दिन सक्नेछन ।
उक्त सहायता कक्षको बुधबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहिहरुलाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उदेश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएकाले यसको अधिकतम उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?