तनहूँ । म्याग्दे गाउँपालिकाको आयोजनामा थर्पुमा म्याग्दे गाउँपालिका स्तरिय खुल्ला तिज गित प्रतियोगिता हुन गईरहेको छ ।
भाद्र ८ गते का दिन वडा नं. ४ को थर्पु बजारमा हुने प्रतियोगितामा सहभागी हुनेहरुले प्रजनन् स्वास्थ्य र बाल अधिकारः समग्र म्याग्देको सरोकार बिषयमा गितहरु प्रस्तुत गर्न सक्ने आयोजक म्याग्दे गाउँपालिकाले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार दोश्रो हुने टिमलाई ८ हजार, तेश्रो हुने टिमलाई ६ हजार, सान्त्वनालाई ४ हजार पुरस्कार र सहभागी प्रत्येक टिमलाई १ हजार दिईने पनि आयोजकले जनाएको छ ।
८ गते बिहान १० बजेबाट शुरु हुने प्रतियोगितामा सहभागी हुन चाहने टिमले भाद्र ७ गते ५ बजेसम्म म्याग्दे गाउँपालिका महिला बालबादिका शाखामा शारदा गैह्रे पौडेललाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।









