गोविन्द भट्टराईद्धारा तनहूँ क्षेत्र नम्बर १ बाट आफुले टिकट पाउनुपर्ने दावी

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफु चुनाव हारेको क्षेत्रबाट जितेर मर्ने चाहना छ भनेर निर्वाचन प्रचारको शैलीमा कार्यकर्ता भेटघाट तथा गाउँ डुल्न हिडेको भोलिपल्ट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहूँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको लागि टिकट आफुले पाउनुपर्ने भनाई व्यक्त गर्नुभएको छ ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले व्यास नगरपालिका वडा नं. ११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर ४ को निर्वाचनमा तनहूँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि टिकट आफुले पाउनु पर्ने बताउनुभएको हो ।

त्यागी र पुराना नेताहरुले समानुपातिकमा बसेर हालै स्थानिय तहको निर्वाचनमा देशभर देखिएको मतदाताको रुझानलाई आत्मासात गर्दै युवा र भिजन भएका व्यक्तिहरुलाई उमेदवार बनाउनुपर्नेमा भट्टराईले जोड दिनुभएको थियो ।
उक्त अवसरमा भट्टराईले आफुले राजनितिमा लागेको ४ दशकभन्दा बढि भईसकेकोले मौकाभन्दा पनि देश विकासमा आफुसग भएको भिजन प्रयोग गर्न पाउनुपर्ने बताउनुभएको थियो । स्मरणिय छ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्य भट्टराईले दावी गरेको क्षेत्रबाट आफु प्रतिनिधि सभा सदस्यको लागि आफु उमेदवार बन्ने बताईसक्नुभएको छ ।

महिला संघ वडा कार्य समितिकी सभापति इन्दिरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघको अध्यक्ष पवित्रा पौडेल, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, नेपाली काँग्रेस व्यास नगर उपसभापति शोभा वडु अधिकारी, व्यास ११ का अध्यक्ष दलबहादुर दुरा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?