गैडाकोटको युनिक इङलिस बोर्डिङ स्कुलद्धारा संन्देशमुलक तीज गीत सार्वजनिक

  • ख-
  • ख+

चितवन । गैडाकोटमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलले जानकारी मुलक तीज गीत सार्वजनिक गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा युनिक इङलिस बोर्डिङ स्कुल, गैंडाकोट-१६ ले “युनिक बाल तीज गीत” शिर्षकको संदेशमुलक तथा जानकारीमुलक तिज गीत सार्वजनिक गरेको छ।

रुपा पाण्डेको शब्द संकलन, प्रनिसा रानाभाट/ग्रीष्मा थापा र आर्या भट्टराई लगायतका छात्राहरुको स्वर, सीता भण्डारीको लय संकलन, रहेको गीतको भिडियोलाई सोफिन बरालको कोरियोग्राफीमा रामप्रसाद शर्माले निर्देशन गर्नुभएको छ ।

उक्त म्युजिक भिडियोलाई आइतबार स्कुलको युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ ।

नवलपरासी जिल्लामा संदेशमुलक जानकारी मुलक गीत निर्माण गरेर जनचेताना बढाउन अग्रसर रहेको बिद्यालयको प्रबन्ध निर्देशक सीता भण्डारी र विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्मा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्