तनहूँ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभा बाट नगरपालिकाभित्रका जग्गाहरुलाई कृषि क्षेत्र र गैर्ह कृषि क्षेत्र छुट्याउन मंसिर २३ सम्मको समय प्रदान गरि नोट जारी भएकोमा कार्य वडा कार्यालय समेतको सहयोगमा तत्काल प्रारम्भ गर्न घरनक्सा शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरि बैठकले व्यास नगरपालिका अन्तरगत सरसफाई केन्द्र स्थापना गर्नका लागी व्यास १० मंगलि गैर्हाको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकार संग स्वीकृति माग गर्ने निर्णय, व्यास नगरपालिका भित्र लिफ्टिङ खानेपानि योजना र सडक बत्तिमा स्थानीय उपभोक्ताहरुबाट भुक्तानि भएको मासिक विद्युत महसुलको विवरण वडा कार्यालय मार्फत २०७९ भाद्र २० सम्म संकलन गरी आगामि बैठकमा पेश गर्न योजना शाखालाई निर्देशन दिने निर्णयहरु गरेको छ ।
बैठकले नगरपालिकाको मुल कार्यालयमा टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा भाद्र १ गतेदेखि सञ्चालन भएको सहायता कक्षबाट दिईने सेवामा आर्थिक ऐनमा लेखिएको दस्तुर समेत निशुल्क हो कि भन्ने आशंका रहेकोमा आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपि, निवेदन दस्तुर लगायतका सेवाहरु निशुल्क प्रदान गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।
बैठकमा व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।








