काठमाडौं । सत्तारुढ गठवन्धनका दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक्लै १०० सिटमा दाबी गरेको छ ।
आज बसेको गठवन्धन वैठकमा दलहरुबाट औपचारिक दावेदारी प्रस्तुत भएको हो । वैठकपछि बोल्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एसले ४० सिट दावी गरेका छन् । यस्तै जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट मागेको उनले जानकारी दिए । ( नेपाल प्रेसबाट)








