राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा तिलक थापा चयन

  • ख-
  • ख+

   

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटी दोस्रो भेला तथा अधिवेशन राष्ट्रिय युवा संघ नेपाल घिरिङका अध्यक्ष गोपाल वि। क। को अध्यक्षतामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सचिवालय सदस्य एवम् घिरिङ गाँउपालिका अध्यक्ष होम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य बिष्णु भक्त सिक्देल विशिष्ट अतिथि रहनुभएको थियो । त्यसैगरि कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रन बहादुर राना , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य उज्वल खनाल , जिल्ला सदस्य नर बहादुर थापा, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना, घिरिङ गाउपालिका उपाध्यक्ष राधा देवि अधिकारी, नेकपा एमाले घिरिङ गाँउ कमिटिका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, राष्ट्रिय युवा संघ जिल्ला सदस्य अजित पन्थ लगाएतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा उपस्थित अतिथिहरुले घिरिङमा युवाहरुले स्थानिय तहको चुनावमा महत्वपुर्ण भुमिका खेलेर घिरिङमा दुई तिहाई मत ल्याउन सफल भएको समेत बताउनुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटी दोस्रो भेला तथा अधिवेशनले अध्यक्ष तिलक थापा, उपाध्यक्ष सन्जु श्रेष्ठ , सचिब समर रानाभाट, उप सचिव नेत्र थापा,याम बहादुर थापा लागएत सम्पुर्ण पदाधिकारी सहित सदस्यहरु पनि सर्वसम्मत ५१ जनाको कमिटि गठन भएको छ ।
कार्यक्रम राष्ट्रिय युवा संघ घिरिङ गाउपालिका सचिव संसार रानाभाटले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?