कारबाहीमा परेका र स्वतन्त्र बसेकालाई विना सर्त पार्टीमा फर्कन तनहूँ कांग्रेसको आग्रह

  • ख-
  • ख+

तनहूँ । विभिन्न कारणबाट पार्टीबाट अलग भएका, पार्टीले कारबाही गरेका र पार्टीमा असन्तुष्ट भई स्वतन्त्र रहेकालाई विना सर्त पार्टीमा फर्कन नेपाली कांग्रेस तनहूँले आग्रह गरेको छ ।

नेपाली कांग्रेस तनहूँका सभापति जीतप्रकाश आलेद्धारा आइतबार जारी विज्ञप्तिमा स्थानिय तहको निर्वाचन २०७९ मा पार्टीको जिम्मेवार निकायबाट न्यापुर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केहि साथीहरु पार्टीबाट राजिनामा दिई वा पार्टीका उमेदवार विरुद्ध संगठित अभियानमा लागि विचलित हुनुभएको पार्टीलाई क्षति पुगेको छ त्यसैले पार्टी नेतृत्वमा धेरै लामो समयसम्म रहनुभएका साथीहरु पार्टी मुलधारभन्दा बाहिर रहनुहुन्न भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिको भाद्र ९ मा बसेको पुर्ण बैठकले सबैलाई बिना सर्त मुलधारमा फर्कन आव्हान गरेको छ भनिएको छ ।
साथै विज्ञप्तिमा साथीहरुको उचित सम्मान र मुल्यांकनमा आगामी दिनमा कुनै विभेद नहुने समेत यसै विज्ञप्तिद्धारा आस्वस्त पार्न चाहान्छु भनिएको छ ।
निकै अगाडिदेखि नेपाली कांग्रेसका पुर्व सह महामन्त्री गोविन्दराज जोशीले तनहूँ कांग्रेसमा भिन्नै अभियान संचालन गर्दा टाउको दुखाई बिषय भएको तनहूँ कांग्रेसलाई स्थानिय निर्वाचन २०७९ मा असन्तुष्टहरुले तेश्रो धारको रुपमा स्वतन्त्र अभियान संचालन गर्न थालेपछि तनहूँ कांग्रेस पार्टी सभापतिको तर्फबाट यस्तो विज्ञप्ति आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?