चितुवाको आक्रमणबाट तनहूँमा आमा छोरा घाइते

  • ख-
  • ख+

तनहूँ । चितुवाको आक्रमणबाट तनहूँमको व्यास नगरपालिका वडा नं. ११ पातीघारी आमा छोरा घाइते हुनुभएको छ ।
गएराति व्यास वडा नं. ११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ चितुवाको आक्रमणबाट घाईते हुनुभएको हो ।

गएराति घरभित्र कोठामा सुतिरहेको अवस्थामा चितुवाले छोरालाई आक्रमण गरेको थाहा पाएर चितुवा लखेट्दै गर्दा आमालाई पनि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका डीएसपी एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट छोराको टाउकोमा चोट लागेको र आमाको बायाँ हात र हत्केला मा दाँतको डोव भएकोमा दमौली अस्पतालमा उपचार पश्चात निजहरुको डिस्चार्ज भईसकेको दमौली अस्पतालका कर्मचारी मदन गौतमले जानकारी दिनुभएको छ ।

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?