तनहूँ । तनहूँको व्यास नगरपालिकामा महहलिाहरुको चाड तिजको दिनमा सार्वजनिक विदा गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरिराम नागिलाद्धारा जारी सूचनामा मंगलवार हरितालिका तिजका अवसरमा सम्पूर्ण कार्यालयहरु, सार्वजनिक तथा निजी शैक्षिक सैस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य संघसंस्थाहरुमा सार्वजनिक विदा दिने व्यास नगर कार्यपालिकाको भाद्र ७ को निर्णय अनुसार सूचना प्रकाशित गरेको जनाईएको छ ।








