तनहूँको एउटा १ क्षेत्रमा कांग्रेसका ३२ जना आकांक्षीः २१ जना कम्युनिष्टको गढ दमौली बजारका बासिन्दा

  • ख-
  • ख+

तनहूँ । २०७४ सालमा दमौलीमा व्यास नगरपालिकाको स्थानिय निकायको निर्वाचनको मतगणना हुदै थियो , नेपाली कांग्रेसबाट जिल्ला सभापति बैकुण्ठ न्यौपाने र नेकपा एमालेबाट शंकर नारायण श्रेष्ठ मेयरको उमेदवार हुनुहन्थ्यो । दमौली बजार कांग्रेसको गढबाट कम्युनिष्ट उमेदवार शंकरनारायण श्रेष्ठलाई यसरी मत आयो कि तनहूँका कांग्रेसीहरुले हरेश नै खाए ।

सबैको मनमा लाग्यो कांग्रेसको गढ दमौली बजारमा कम्युनिष्ट उमेदवारले जित्ने भए तर गाउँतिर उक्लेपछि नेपाली कांग्रेसको साख गाउँका कांग्रेसले जोगाईदिए । बजारमा पछाडि परेको मतान्तरलाई उल्ट्याउदै व्यासमा नेपाली कांग्रेसकै उमेदवार न्यौपाने बिजयी हुनुुभयो ।

तत्पश्चात भएको सघिय निर्वाचन र प्रदेशको निर्वाचनमा पनि दमौली बजारको मत कांग्रेसले उल्लेख्य मात्रामा पाउन सकेन । मुखै खोलेर भन्न नसकेपनि तनहूँ कांग्रेसका केन्द्रीयस्तरका नेतादेखि स्थानिय नेताहरुसम्म दमौली बजारमा सूकाहरुको बसोबास गर्ने एरिया भन्ने गर्नुहुन्छ । २०७९ सालको स्थानिय निकायको निर्वाचनको परिणाम नियाल्दा पनि सचेत र शिक्षित मतदाता बस्ने एरिया दमौली बजार साच्चै कांग्रेसको हातमा छैन । जुनकुरा नेपा एमाले समर्थित उमेदवारले दमौलीमा पाएको मतबाट अन्दाज गर्न सकिन्छ ।

” हिजोका सुकाहरु स्थानिय निकायको निर्वाचन २०७९ का कैची छापहरु आज प्रदेशको निर्वाचनको मुखमा अझै कांग्रेसी हुँ भन्दै टिकट माग्ने ?” मन फुकाएर भन्न नसकेपनि आफुलाई तनहूँ कांग्रेसको ठेकेदार भन्ने धेरै मान्छेहरुले सानो स्वरमा भन्न पनि भ्याएका छन् ।

मंसिर ४ को निर्वाचन घोषणा पश्चात त्यहि दमौली बजारक्षेत्रमा बसोवास गर्ने धेरै नेपाली कांग्रेसका नेताहरुले प्रत्यक्ष र समानुपातिकतर्फ आफ्नो दावी पेश गर्दै आवेदन फाराम भर्नुभएको छ ।

तनहूँ क्षेत्र नं. १ क साविक नेकर्पा एमालेले विजय प्राप्त गरेको रामबहादुर गुरुगंको क्षेत्रमा प्रत्यक्षतर्फ टिकटको लागि आवेदन दिनेहरु ११ जना मध्ये ६ जना दमौली बजारका बासिन्दाहरु हुनुहुन्छ । उहाँहरुमा रघुनाथ पौडेल दमौली, डोबाटे बि.क. दमौली, अशोककुमार श्रेष्ठ दमौली, शेष मोहम्मद हनिफ (गोरा मिया) दमौली, सरिता गुरुङ दमौली, हरिदत्त पौडेल दमौली बजारका बासिन्दा हुनुहुन्छ । त्यसैगरि बाँकि ५ जना लक्ष्मीप्रसाद आचार्य भानु नगरपालिका, पुर्ण बहादुर गुरुङ व्यास ७, शंकर पौडेल व्यास ८, दिपक भट्टराई व्यास १्र२, सहदेब अधिकारी भानु नगरपालिकाको बासिन्दा हुनुहुन्छ ।

तनहूँ क्षेत्र नं. १ क बाट समानुपातिकमा २१ जनाको दावी परेकोमा उहाँहरु मध्ये १३ जना दमौली बजारको बासिन्दा हुनुहुन्छ । उहाँहरुमा कल्पना पोख्रेल (महिला खुला) दमौली, राजकुमार श्रेष्ठ (जनजाति) दमौली, सहिदा खातुन (महिला खुला) दमौली, पबित्रा पौडेल (महिला खुला) दमौली,, शुशिला शर्मा (महिला खुला) दमौली, कृष्ण रुचाल (दलित) दमौली, ताराप्रसाद श्रेष्ठ (जनजाती) दमौली, बिणा कैनी (महिला खुला) दमौली, बृषराज श्रेष्ठ (जनजाती) दमौली, समुन्द्र गोदार (खुला) दमौली, नारायणी अधिकारी (महिला खुला) दमौली, श्यामकुमार मौरती (दलित) दमौली, प्रताप गुरुङ (जनजाती) दमौलीको बासिन्दा हुनुहन्छ ।

बाँकी ८ जना मध्ये अधिकांश दमौली बजारको बासिन्दा भएपनि उहाँहरु आफुलाई तनहूँकै अर्को स्थानको नेताको रुपमा चिनाउने गर्नुहुन्छ । उहाँहरुमा टेक बहादुर गुरुङ (जनजाती) व्यास ८, ओजराज पौडेल (खुला) व्यास ८, कुलचन्द्र वाग्ले (खुला) व्यास ७, उदयराज गौली (खुला) भानु नगरपालिका, अर्जुन बहादुर अधिकारी (खुला) भानु नगरपालिका, आशा थापा (जनजाति) भानु नगरपालिका, चिनु पोखरेल (महिला खुला ) भानु नगरपालिका र छत्रराज भण्डारी (खुला) भानु नगरपालिकाको बासिन्दा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?