तनहूँ । तनहूँ समाज हङकङ्गले तनहूँका २ जना पत्रकारलाई सम्मान गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा समाजले दमौलीमा एक कार्यक्रमको आयोजना गरि क्रियाशिल पत्रकारद्धय प्रताप राना र कृष्ण न्यौपानेलाई सम्मान गरेको हो ।
आफ्नो समाजले गरेको कामहरुको प्रचार प्रसारमा सहयोग गरेको र समाजमा सूचना प्रवाह गर्न महत्वपुर्ण भुमिका खेलेकोमा रानालाई सम्मान गरिएको कार्यक्रमा सभापति एवं समाजका पुर्व अध्यक्ष जंगबहादुर थापाले बताउनुभएको थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख न्यौपानेले पत्रकारको कलम कहिल्यै नभाँच्यिोस् भनेर सममान गरेकोले पत्रकारले पनि आफुलाई समाजको ऐनाको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा समाजका पुर्व अध्यक्ष भिमराज गुरुगंले समाजले सदा सर्वदा समाजिक कामहरु गर्ने गरेको र तनहूँका पत्रकाररुको साथ र सहयोगले अझै काम गर्न हौसला मिलेको बताउनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्जवल पौडेल तनहूँ शाखाका निवर्तमान् अध्यक्ष डम्बर बहादुर अधिकारी, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारीका अध्यक्ष राजकुमार श्रेष्ठ( बिबि) ले पत्रकारहरुले राम्रो काम गरेर सममानको हकदार बन्नुपर्ने बताउनुभएको थियो ।
पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लले संचालन गरेको कार्यक्रममा सम्मानित पत्रकार प्रताप रानाले सम्मानबाट आफुहरु गौरवान्वित भएको बताउनुभएको थियो ।
सम्मानित पत्रकार प्रताप राना पत्रकार महासंघ तनहूँ शाखाको सचिव हुनुहुन्छ भने कृष्ण न्यौपाने तनहूँ शाखाको निवर्तमान सह सचिव हुनुहन्छ ।








