नेकपा माओवादी केन्द्र तनहूँको सचिवमा युवा नेता शुक्र चुमान चयन

  • ख-
  • ख+

तनहूँ । नेकपा माओवादी केन्द्र तनहूँको दमौलीमा बुधबार सम्पन्न बैठकले युवा नेता एवं आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई सचिवमा चयन गरेको छ ।
बैठकले माओवादी केन्द्र तनहूँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ ।
बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने र प्रदेशसभा निर्वाचनमा तनहूँका संघका १ वटा र प्रदेशमा दुईवटा सिट दाबी गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा माओवादी नेताहरु हरिबहादुर चुमान, आशा कोईराला, ओमकुमारी पौडेल, अतिन्द्रकेशरी न्यौपाने, जिल्ला संयोजक ओमराज आले (मदर्नं) लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?