डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

  • ख-
  • ख+

काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति उल्लेख छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । यससँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । पेट्रोलमा भने मूल्य बढाइएको छैन । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आए पनि नेपालमा घटाइएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?