तनहूँका प्रकाश पन्थ राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सभापति बन्दै

  • ख-
  • ख+

काठमाडौं । तनहूँका प्रकाश पन्थ राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सभापति बन्नुहुनेभएको छ । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व पाउने भएपछि पन्थ पनि सभापति चुनिन लाग्नुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

अध्यक्षको निर्देशनपछि सचिव फुयालले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन् । चारवटा समितिमा चार प्रमुख दलले एक एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको स्रोतले जनाएको छ ।

राष्ट्रियभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रिय सरोकार समितिको सभापति पाउने भएको छ । एमालेकी पार्वती रावल (दीलकुमारी) दोस्रोपटक सभापति हुने बताइएको छ । त्यस्तै दोस्रो दल माओवादीका मायाप्रसाद शर्मा प्रत्यायोजित व्यवस्था समितिको सभापति बन्नु हुनेभएको छ ।

तेस्रो दल नेपाली कांग्रेसका प्रकाश पन्थ दिगो विकास तथा सुशासन समिति सभापति बन्नु हुनेछ ।
नेकपा एसका बेदुराम भुसाल विधायन समितिको सभापति हुनेगरी दलहरूबीच समझदारी बनेको बुझिएको छ ।

राष्ट्रियसभाका तीनवटा समितिको सभापति फागुनदेखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि रिक्त थियो । राष्ट्रियसभाका समिति सभापतिहरुको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?