तनहूँ । नेकपा (माओवादी केन्द्र) तनहूँ जिल्लाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य आकांक्षी उम्मेद्वारहरुको नामावली सिफारिस गरी टुङ्गाएको छ ।
केन्द्रले तनहूँ क्षेत्र नं १ बाट प्रत्यक्ष प्रतिनिधी सभा सदस्यका लागि पार्टीका केन्द्रिय कोषाध्यक्ष श्रीराम ढकाल र गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानको नाम सिफारिस गरेको छ ।
त्यसैगरि संघीय निर्वाचनको समानुपातिक तर्फ शम्भु बहादुर अधिकारी (खस आर्य), अरुण खनाल (खस आर्य), ओम कुमारी पौडेल (महिला), राम बहादुर थापा (आदिबासी जनजाति),जुम्मादिन मिया (मुस्लिम) नाम सिफारिस गरेको छ । त्यसैगरी,प्रतिनिधि सभा क्षेत्रः२ प्रत्यक्षमा आशा कोइरालाको एकल नाम सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचनको समानुपातिक तर्फ ईन्द्र बहादुर अधिकारी (खस आर्य), गिता शाही (महिला), बसन्त दरै (अल्पसंख्यक आदिवासी जनजाति), जौ माया वराल सुनार (दलित महिला), दिल बहादुर नेपाली (दलित) को नाम सिफारिस गरिएको छ ।
त्यसैगरी,प्रदेश निर्वाचन क्षेत्र १ क प्रत्यक्ष दिपक पन्त, शंकर जोशीको नाउँ सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र १ ख प्रत्यक्ष हेमराज लामिछाने, सुर्य बहादुर गौली, भिम राना नाउँ सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र २ क प्रत्यक्ष राजेन्द्र केशरी न्यौपाने,अतीन्द्र केशरी न्यौपाने,ओमराज आले (मदन),विकास श्रेष्ठ,मदन पौडेल सिफारिस भएका छन् ।
त्यसैगरी,प्रदेश निर्वाचन क्षेत्र २ ख प्रत्यक्ष देबी कुमारी बुर्जा मगरको नाउँ सिफारिस गरेको नेकपा माओवादी केन्द्र तनहूँका कार्यालय सचिव बसन दरैले जानकारी दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको तनहूँको शनिबार बसेको कार्यालय बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उहाँहरुको नाम सिफारिस गरेको हो ।








