कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु

  • ख-
  • ख+

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?