तनहूँ क्षेत्र नं. १ मा एमालेबाट एकबहादुर राना उमेदवारः प्रदेशमा १५ जना जना आकांक्षी

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ को निर्वाचनको लागि तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेमा आकांक्षीहरुको सिफरिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. १ को आज डुम्रेमा बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उमेदवारको लागि केन्द्रीय सदस्य एकबहादुर रानाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नंं १ (१) का लागि प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ राम बहादुर गुरुगं, कुल बहादुर थापा, तुलसीराम पाण्डे, निलव सञ्जिबा श्रेष्ठ, प्रदिप राज अधिकारी, मायानाथ कोइराला, प्रेम कुमार राना, कला कुमारी ढकालले आवेदन भर्नुभएको छ ।

नेकपा एमाले क्षेत्र नम्वर १ (२) प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ रत्न कुमार श्रेष्ठ, अनिल पाण्डे, बिन्दु बस्नेत, काशिनाथ भट्टराई , इन्द्र बहादुर कुवर, अम्वर भण्डारी, बाबुराम अधिकारीले आवेदन दर्ता गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?