नेताहरुले देशलाई विरुप बनाउन लागेकोले उमेदवार बन्न लागेको हुँः मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ

  • ख-
  • ख+

तनहूँ । वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठले मंरि ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वानको लागि तनहूँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । मुर्तिकार श्रेष्ठले आज दमौली पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुरा घोषणा गर्नुभएको हो ।
देशमा राजनितिक दलप्रति आम मानिसको वितृष्णा बढिरहेको र अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटक जनताहरु सचेत भईरहेकोले आफु देश र जनताको सेवा गर्ने मनसायबाट आएकोले जनताले विश्वास गर्ने आकांक्षी श्रेष्ठको भनाई रहेको थियो ।
राजनीतिक गर्ने भनेको केहि काम नपाएका मानिसहरुले हो भन्ने भावनाको बिकास भएको र राजनीतिलाई जनताको सेवा होईन कमाउनको लागि भन्ने संसकार बिबकास भईरहेकोले आफु त्यो संस्कार चिर्नको लागि उमेदवार बन्न लागेको श्रेष्ठले बताउनुभएको थियो ।
कलाकारिताद्वारा देश सिंगार्छु हिडेको म नेताहरुले मेरो देशलाई बिरुप बनाउन लागेको देखेर निर्वाचनमा होमिनुपरेको श्रेष्ठको भनाई रहेको थियो ।
कांग्रेसको गढ बाट २०७४ सालमा कम्युनिष्टको बनेको तनहूँ षेत्र नं. १ मा नेपाली कांग्रेसका सदावार उमेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट पुराना बामपन्थी नेता एकबहादुर राना उमेदवार बन्न लागेसगै भिजन भएका, कलाकारिताको माध्यमबाट नाम कमाएका श्रेष्ठको स्वतन्त्र उमेदवारीले तनहूँ क्षेत्र नं. १ का जनता माझ आशा जागेको दमौली क्षेत्रका बासिन्दाहको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?