सन्तोष पन्तको फिल्म हिजो आजका कुराको ट्रेलर सार्वजनिक

  • ख-
  • ख+

अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित फिल्म हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अमेरिकामा बस्नेको संघर्ष र छोराछोरी घरमा नभएका आमाबाबुको संघर्षको कथालाई देखाइएको छ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।

रवि सयामीले छायांकन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका हुन्। यो फिल्म असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्