नेपाली कांग्रेस तनहूँले गर्यो शक्ति प्रदर्शन

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको लामो संघर्षबाट आएको लोकतन्त्र ओली सरकारको दम्भ र अहंकारका कारण सिद्धिन लागेकोले लोकतन्त्र जोगाउन र संविधानको रक्षा गर्न नेपाली कांग्रेस सडकमा आउनु परेको नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले बताउनुभएको छ । देशमा बढेको भ्रष्टाचार, बेथिति र सरकारको अलोकतान्त्रिक चरित्रका बिरुद्ध नेपाली कांग्रेसले देशव्यापी शुरु गरेको आन्दोलनका क्रममा तनहूँको दमौलीमा नेता रिजालले उक्त कुरा बताउनुभएको हो ।
तनहूँ जिल्लाभरबाट दमौलीमा जम्मा भएका नेता तथा कार्यकर्ताको सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, संविधानसभाका सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

ोली सरकार बिरुद्ध चर्का नारा लगाउदै नेपाली काङ्ग्रेस तनहूँको पार्टी कार्यालयबाट शुरु भएको र्‍याली दमौली बजारका विभिन्न भागहरुको परिक्रममा गरि दमौली अस्पताल नजिकको हेल्थपोष्ट चौरमा पुगेर सभामा परिणत भएको थियो ।
कोरोना महामारीको परवाह नगरि हजारौको संख्यामा आएका कार्यकर्तालाई आफ्नो स्वस्थको ख्याल गर्न कार्यक्रमका प्रमुख अतिथि रिजालले पटक पटक सम्बोधनका क्रममा आग्रह गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?