डुम्रे टोल विकास संस्थाको अध्यक्षमा भगवान श्रेष्ठ चयन

  • ख-
  • ख+

तनहूँ । तनहूँको बन्दिपुर गाउँ पालिका वडा नं. १ डुम्रे बजारमामा रहेको डुम्रे टोल बिकाश संस्थाको अध्यक्षमा समाजसेवी भगवान श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको भदौ २६ गते भएको अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरि संस्थाको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिबमा शुष्मा पिया, कोषाध्यक्षमा मन्जु जोशी प्रधान, सदस्यहरुमा तारा पिया, लक्ष्मी बि.क., बबिना श्रेष्ठ, पुननारान श्रेष्ठ, चिज कुमार श्रेष्ठ, सुमन श्रेष्ठ र बिजय बाँनिया सर्बसम्मत चयन हुनुभएको छ ।

”आफ्नो टोल को बिकास र टोलवासीको समस्याको लागि आफु सदा लागिपर्ने ” टोल विकास संस्थाका नवनिर्वाचित अध्यक्ष भगवान श्रेष्ठको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?