टिम नेपो तनहूँद्धारा बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

  • ख-
  • ख+

तनहूँ । बाल दिवसको अवसरमा टिम नेपो तनहूँद्वारा ब्यास नगरपालिका वडा नं १० बैरेनीमा रहेको उज्यालो घर नामक बाल गृहलाई सहयोग गरेको छ । टिम नेपाले उक्त उज्यालो घरमा आश्रित बच्चाहरुको लागि शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रम टिम नेपो तनहूँका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उज्यालो घरका सचिव आकाश खनालले टिम नेपोले उज्यालो घरलाई निरन्तर रुपमा सहयोग गर्दै आएको र भबिष्यमा पनि सहयोगलाई निरन्तरता दिइरहन आग्रह गर्नुभएको थियो।
उक्त अवसरमा टिम नेपो तनहूँका पूर्व अध्यक्ष गोविन्द तिमल्सेनाले टिम नेपो तनहूँले स्वास्थ्य, शिक्षा, वातावरण, युवा नेतृत्व विकास लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको जानकारी गराउनु भएको थियो।
कार्यक्रममा टिम नेपो तनहूँका अध्यक्ष रवि अधिकारीले बाल दिवसको अवसरमा बाल गृहमा कार्यक्रम गर्ने अवसर पाउँदा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?