रोटर्‍याक्ट क्लब अफ दमौलीद्धरा बालबालिकालाई सहयोग हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । रोटर्‍याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लाको व्यास – १ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका फरक क्षमतामा बालबालिका सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा क्लबले विद्यार्थीलाई जाडोमा लगाउने निलो स्विटर, शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको क्लबका सचिव किरण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि व्यास- १ का वडाअध्यक्ष रमेश चन्द्र हड्खले रहनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि हड्खलेले फरक क्षमता अध्ययन गर्ने विद्यालयलाई संघिय सरकार र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बतानुभयो । उहाँले अगाडी पूर्वाधार तयार गर्न बजेटको समेत व्यवस्था गर्नुपर्छ भन्नुभयो । वडाको तर्फबाट समेत सो विद्यालयलाई सानो रकम भएपनि विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले धर्म भनेको नै बालबालिकाको सेवा भएको बताउनुभयो । आफु सो विद्यालयलाई जिल्लाकै मावि बहिरा विद्यालय बनाउने लक्ष्यका साथ अघि बढेको अध्यक्ष बस्नेतले बताउनुभयो। राज्यको ध्यान कम पुगेको बस्नेत बताउछन । उहाँले थप्नुभयो १६ वर्ष अघिको जति नै बजेट अहिले पनि उही रहेको छ । समय र महंगी अनुसार बजेट नबढ्दा सरकारले दिएको पैसाले ५० प्रतिशत मात्रै बालबालिकाको आवश्यकता पुरा हुने र आधा दाताकै भर पर्नु परेको अध्यक्ष बस्नेतले गुनासो गर्नुभयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक भैरव पन्थले क्लबले परोपकारी काम गरेको बताउनुभयो । उहाँले क्लबले गर्ने सहयोग निरन्तर रहोस भन्नुभयो ।

सोही अवसरमा क्लबले म्याग्दे-७ का क्यान्सर पिडित बिरेन्द्र पौडेललाई उपचारका लागी ११ हजार रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभएको थियो ।

कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष श्रीराम गन्धर्व र संचालन क्लबका सचिव किरण श्रेष्ठले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?