स्वास्थ्य कार्यालयद्धारा स्वास्थ्य सम्बन्धी जोखिम, संचार अभिमुखिकरण तथा जनचेतना कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । जिल्ला स्वास्थ्य कार्यालय तनहूँको आयोजनामा तनहूँको दमौलीमा पत्रकारहरुको लागि स्वास्थ्य सम्बन्धी जोखिम, संचार अभिमुखिकरण तथा जनचेतना कार्यक्रमको आयोजना गरियो ।
जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकर बाबु अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कार्यालयका परिवार नियोजन सुपरभाइजर सुदिप कडेलले स्वास्थ्य कार्यालय तनहूँले गरेका कामहरुको बारेमा प्रस्तुति दिनुभएको थियो। उहाँले कार्यालयले गरेका कामहरु, आगामी बर्षमा जिल्लामा गरिने कार्यक्रमहरुको विस्तृत डाटा तथा प्रगति विवरणका बारेमा प्रकाश पार्नु भएको थियो। उक्त अवसरमा कार्यालयको बार्षिक कार्यक्रम तथा प्रगति बारे समिक्षा विवरण पेश गर्नुभएको थियो।
कार्यक्रममा दमौली अस्पतालका डाक्टर राजु थापाले डेङ्गु रोगको परिचय निदान रोकथाम तथा नियन्त्रणका सम्बन्धमा आफ्नो प्रस्तुती दिनुभएको थियो । उक्त अवसरमा डाक्टर थापाले डेङ्गु रोग लाग्न नदिन र लागे पश्चात कसरी उपचार गर्ने बारेमा बताउनुभएको थियो।
कार्यक्रमका सभापति एवम् कार्यालय प्रमुख शंकर बाबु अधिकारीले स्वास्थ्यकर्मीको क्षेत्रबाट स्वास्थ्यका विभिन्न कामहरु भइरहेका छन् मिडिया जगतको साथ र सहयोगबाट जिल्लावासीको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्ने र जनचेतना फैलिने विश्वाश व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्जवल पौडेलले स्वास्थ्य कार्यालयबाट अझ सक्रिय रुपमा आफ्ना कार्यहरुलाई निरन्तरता दिए सर्वसाधारणलाई सहज हुने धारणा व्यक्त गर्नुभएको थियो ।
जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले संचालन गरेको कार्यक्रममा अधिकृत प्ष् खनालले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?