अनलाईन ठगी गर्ने कार्यमा संलग्न युवक पक्राउ

  • ख-
  • ख+

काठमाडौं । सामाजिक संजाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवक काठमाण्डाैंमा पक्राउ परेका छन् ।

सुनसरीकाे इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएकाे छ ।

घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको पनि जनाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्