आफ्नै आमाको हत्या गरेको अभियोगमा मनोज पक्राउ

  • ख-
  • ख+

काठमाण्डाैं । आफ्नै आमाकाे हत्या गरेकाे अभियाेगमा २५ वर्षीय एक युवकलाई नेपाल प्रहरीले धनुषामा पक्राउ गरेकाे जानकारी दिएकाे छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा बस्ने स्थानीय रामसेवक खत्वे मण्डलको छोरा २५ वर्षीय मनोज कुमार मण्डल खत्वेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विहीबार राती करिब १ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मनोजलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको श्रीमती अन्दाजी ४० वर्षीया सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा रहेको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुसन्धानको लागि खटिएको टोलीले अनुसन्धान गर्दा मृतकको आफ्नै छोरा मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरी ज्यान मारेको खुल्न आएको जनाइएकाे छ ।

निज उपर ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान ) मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको जनाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्