संविधान दिवसको अवसरमा टिम नेपो तनहूँद्वारा धार्मिकस्थलमा सरसफाई

  • ख-
  • ख+

तनहूँ । टिम नेपो तनहूँद्वारा संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । टिम नेपोले उक्त अवसरमा व्यास नगरपालिका वडा नं ५ पराशरको धार्मिक स्थल पराशर क्षेत्रमा सरसफाई गरेको हो

राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यालय तनहूँका अध्यक्ष तारानाथ घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । उक्त अवसरमा विशेष अतिथि टिम नेपो तनहूँका पूर्व अध्यक्ष एंवम् सल्लाकार गोविन्द तिमल्सिनाले संविधान दिवसको अवसरमा टिम नेपो तनहूँले सरसफाइ कार्यक्रमको आयोजना गरेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिन आग्रह गर्नुभएको थियो।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यालय तनहूँका अध्यक्ष तारानाथ घिमिरले व्यासको जन्मभूमि र पराशरको तपोभूमि तथा धार्मिक पर्यटनको बारेमा जानकारी दिदै टिम नेपो तनहूँले गरेको यस कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

उक्त अवसरमा टिम नेपो तनहूँका अध्यक्ष रवि अधिकारीले टिम नेपो तनहूँले विगतका वर्षहरुमा पनि वातावरणको क्षेत्रलाइ छुटै रुपमा समेटेर बातावरणको सरसफाइ वृक्षारोपण, वायु प्रदुषण न्यूनिकरण जस्ता थुप्रै कामहरु गदै आएको र यसबाहेक स्वस्थ्य, शिक्षा तथा युवा नेतृत्व विकासका क्षेत्रमा पनि काम गदै आएको जानकारी दिनुभएको थियो ।

कार्यक्रमका कार्यक्रम संयोजक सरस्वति मिश्रले धार्मिक स्थललाई सरसफाई गरी सफा बनाउन पाउदा खुसि लागेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?