तनहूँका रामदत्त पौडेल नेपाल रेडक्रस सोसाईटी गण्डकीको महासचिव चयन

  • ख-
  • ख+

तनहूँ। नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कास्कीका सुर्य प्रसाद ढकालको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसहमतिले चयन गरेको छ । महिला उपाध्यक्षमा गोरखाकी फुलमाया गुरुङ र महासचिवमा तनहूाक्ँ रामदत्त पोडेल चयन हुनुभएको छ । कोषाध्यक्षमा लमजुङका नारायणप्रसाद घिमिरे, उपमहासचिवमा स्याङ्जाका सुनीलकुमार अर्याल, उपकोषाध्यक्षमा पर्वतका धनेश्वर रेग्मी चयन हुनुभएको छ । सदस्यहरुमा तनहूँका कृष्ण चन्द्र पाण्डे, बाग्लुङकी सीता शर्मा, नवलपरासीकी रेखा के. सी. अधिकारी, मनाङका सदन प्रसाद द्वा साथै महिला सदस्यमा पुष्पा भट्टचन शेरचन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी फुल मोहम्मद मियाले जानकारी दिनुभएको छ ।

असोज १ गतेबाट शुरु भएको अधिवेशन नवनिर्वाचित कार्यसमिति सर्वसम्मत चयन भएपछि समापन भएको हो । जहाँ विपत् त्यहाँ रेडकस भन्ने अभियानका साथ पहिचान बनाएको रेडक्रसको नयाँ संरचना अनुरुप प्रदेश समितिको दोस्रो अधिबेशन सम्पन्न भएको हो । गण्डकी प्रदेशका १० जिल्लाबाट प्रतिनिधित्व छनौट भई आएको र म्याग्दी जिल्ला सहभागी नभएको गण्डकी प्रदेश अधिवेशनका निर्वाचन अधिकृत लक्ष्मण कोइरालाले जानकारी दिनुभएको छ । निर्वाचन पश्चात आफ्नो मन्तब्यका क्रममा सबै एकताबद्ध भएर अगाडि बढ्ने र रेडक्रसका सात सिद्धान्तको अनुसरण गर्दै आगामी कार्यकालका कार्यक्रम सम्पन्न गराउने प्रतिबद्धता सहितको विचार निर्वाचित अध्यक्ष सूर्य प्रसाद ढकालले व्यक्त गर्नुभएको छ।

तनहूँबाट महासचिवमा पौडेल र सदस्यमा पाण्डेस् निर्वाचित नेपाल रेडक्रास सोसाइटी गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट तनहूँका जिल्ला सदस्य रामदत्त पौडेल र प्राथमिक उपचार समिति गण्डकी प्रदेशका संयोजक कृष्ण चन्द्र पाण्डे सर्वसम्मतिबाट निर्वाचित हुनुभएको छ। पौडेल ब्यास १० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाको जगबाट आउनुभएको हो। जिल्लामा मन्त्रीको चर्चा भएपनि प्रदेशमा इच्छा राखेकाले र दुम्सीकोट उपशाखा साथै गण्डकी प्रदेश युवा संयोजकको भूमिकाको मूल्याङ्कन गर्दै महासचिवमा निर्विरोध हुन पुगेको जनाइएको छ । यससँगै तनहुँको आगामी रेडक्रासको नेतृत्व कसको पोल्टामा पुग्ने अन्योल बढेको छ । एकै व्यक्तिले धेरै ठाउँमा नेतृत्वको इच्छा राखेकाले समस्या आएको जनाइएको छ । रेडक्रस तनहूँको अधिवेशन आगामी पौष महिना भित्रमा सम्पन्न गरिने जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?