बिष्णु पराजुली तनहूँ क्षेत्र नं. २ मा लौरो अभियानको उमेदवार बन्दै

  • ख-
  • ख+

तनहूँ । पछिल्लो समय आफुलाई राजनीतिक दलबाट टाढा बस्नुभएका युवा व्यवसायी बिष्णु पराजुली तनहूँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको लागि उमेदवार बन्न लाग्नुभएको छ । उक्त कुराको जानकारी पराजुलीले आज दमौलीमा एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी दिनुभएको हो । उक्त अवसरमा पराजुलीले ”देशमा अहिले स्वतन्त्र रुपमा रहेका युवाहरुले केहि गर्न सक्दछन् भन्ने म्यासेज गईरहेको , पुराना राजनीतिक दलहरुबाट जनताहरु वाक्क दिक्क भईरहेकोले स्वतन्त्र रहेका युवाहरुको लौरो अभियानमा आफु जोडिएर उमेदवार बन्न लागेको” बताउनुभएको थियो । उक्त अवसरमा पराजुलीले ५२ बुँदे आफ्ना एजेण्डा र प्रतिवद्धताहरु पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्ना एजेण्डाहरुमा ”विदेशीको ईशारामा होईन आफ्नै जनताको ईशारा चल्ने, गाँजा खेतिलाई प्रोत्साहन गर्ने, बिकास निर्माणका कामहरुलाई निरन्तरता दिने,शिक्षाको स्तर सुधार गर्ने ” लगायतका विविध एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो ।

”विकास निर्माण र जनचेतनाको सवालमा पछाडि परको क्षेत्र भएपनि जनताहरु जागरुक भईसकेकोले आफु विजयी हुने” लौरो अभियानका स्वतन्त्र उमेदवार बिष्णु पराजुलीको भनाई रहेको छ ।

”बा आमालाई टेकाउने, भ्रष्टहरुलाइ सेलाउने, स्वतन्त्र सरकार निर्माण गरौ । भ्रष्टहरुलाई बिदाई गरौ ” भन्ने स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानको नारा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?