‘प्रेमगीत ३’ विश्वका १२ सय हलमा रिलिज हुदै

  • ख-
  • ख+

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । नेपालमा भने फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी छ । बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्युजपोर्टलले जनाएको छ ।

यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्