दुम्सी दुग्ध उत्पादक सहकारीको २८ औं बार्षिक साधारण सभा सम्पन्न

  • ख-
  • ख+

तनहूँ / व्यास नगरपालिका वडा नं १० दुम्सीमा रहेको दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारण सभा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डिल्ली राम सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले ”व्यास नगरपालिकाले यसै बर्ष २ वटा कृषि एम्वुलेन्स संचालन गर्नको लागि २ वटा सहकारीलाई २० लाख अनुदान दिने प्रक्रियामा अगाडि बढेको” बताउनुभएको थियो। उक्त अवसरमा नगरप्रमुख न्यौपानेले ”नगरपालिकाले विशेषत कृषि, शिक्षा र पर्यटनमा बढि जोड दिन लागेकोले कृषकमुखी काम गर्ने र कृषकको साथमा रहने बताउनुभएको थियो। उक्त अवसरमा नगरप्रमुख न्यौपानेले यस संस्थाको नयाँ भवन निर्माणका लागि रकम दिएको स्मरण गर्दै आगामी दिनमा पनि कृषकलाई अनुदान दिने र सहकारीलाई आर्थिक तथा भौतिक सहयोगमा निरन्तरता रहने” पनि बताउनुभएको थियो ।

संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि तथा अतिथिहरु व्यास १० का अध्यक्ष खेमराज पोखरेल, व्यास १० का निवर्तमान अध्यक्ष तुलसीराम सापकोटा, व्यास १० का वडा सदस्यद्धय यज्ञप्रसाद शर्मा र खिरमाया बि.क., कृषि बिकास बैक दमौली शाखाका प्रवन्धक भोलानाथ पौडेल , राष्ट्रिय सहकारी वैकका प्रवन्धक उपेन्द्र दाहाल, ,तनहूँ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्यि सहकारी बोर्डका वरिष्ठ उपाध्यक्ष अम्बरबहादुर कुँवर, सेवर दुग्ध उत्पादक तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिभक्त अधिकारी, चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष हिराबहादुर सापकोटा, चण्डिदेवी राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अ्रध्यक्ष बाबुराम पौडेल, संस्थाका पुर्व अध्यक्ष नन्दलाल पौडेल, मायानाथ कोईराला, दुर्गा पौडेल , खहरे कृषि उत्पादक सहकारी संस्था लिमिटेडकी अध्यक्ष अनिता बाँनिया, विभिन्न आमा समुह तथा संघसंस्थाका पदाधिकारी लगायतका महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका व्यवस्थापक दयाराम शर्माले संचालन गरेको कार्यक्रममा संस्थाका पदाधिकारीहरु विकास रिजाल, कृष्णप्रसाद पौडेल, भुमिलाल ढकाल, ऋषिराम ढुगांनाले संस्थाको आय व्यय विवरण, लेखा परिक्षण प्रतिवेदन लगायतका प्रतिवेदनहरु पेश गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?