आँधीमुलमा ट्रि हाउस र डुगां संचालनको तयारी गर्दै संरक्षण समिति

  • ख-
  • ख+

बाबुराम नेपाली । तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं.१ मा रहेको आँधीमुल धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास संरक्षण समितिद्वारा बुधवार आँधीमुल मन्दिर परिसरमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
उक्त छलफल कार्यक्रममा आँधीमुल मन्दिरको आर्थिक कारोबार, पुरानो तथा नयाँ आगामी योजना तथा अन्य विविध विषयमा छलफल गरिएको थियो ।
आँबु खैरेनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङको पनि उपस्थितिमा भएको कार्यक्रममा समितिका नवनियुक्त अध्यक्ष रमेश किचिम मगरको अध्यक्षतामा संचालित सो कार्यक्रममा सोही उहाँले भर्खरै समापन भएको महापुराण सप्ताह तथा ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा संकलित रकम तथा खर्चको सामान्य विवरण प्रस्तुत गर्दै विस्तृत विवरण छिट्टै प्रकाशित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।
नयाँ समितिले मन्दिरक्षेत्रका दुइवटा पोखरीहरुमा माछा संरक्षणको लागि तारजाली लगाइएको, मन्दिरमा बिजुलीको मिटर जडान गरी परिसर भित्र रहेका पाती तथा टहराहरुमा बिद्युत व्यवस्थापन गरिएको, पोखरीको पानी अपलिफ़्ट गरी परिसरमा तीनवटा धारो स्थापना गर्ने योजना सम्पन्न हुन लागेको र मन्दिरमा आउने बाटोमा १८ मिटर फलामे रेलिंग थप गरिएको उक्त अवसरमा जानकारी दिईएको थियो ।

उक्त अवसरमा आगामी एकादशी जात्रामा तोरण टाङ्नको लागि प्रयोग भैरहेको रुख बुढो भएको तथा रुखमा तोरण टाङ्ने कार्य अति जोखिम पुर्ण भएकोले सम्भावित दुर्घटनाबाट जोगिनको लागि स्थायी र मजबुत संरचना बनाउने विषयमा छलफल भएको र पुरानो मुल मन्दिरको अगाडिको भाग जिर्ण तथा चिप्लो भएकोले दर्शनार्थीहरु लडेर घाइते हुने क्रम बढेको छ यसको स्थायी समाधान गर्नको लागि त्यहाँ बलियो आँगन बनाएर त्यसलाई ढुङ्गाको कलात्मक तथा मौलिक स्वरुप दिने विषयमा छलफल गरिएको थियो ।
उक्त अवसरमा समितिका सचिव कुमार पोखरेलले पुरानो समितिबाट बरबुझारथ गर्न बाँकी नै रहेको योजनाहरु संचालन गर्न समितिको सक्रियता अनिवार्य रहेकोले निकट भविष्यमा नै पुरानो समितिबाट सम्पुर्ण विवरण बुझेर जिम्मेवारी सम्हाल्ने प्रतिवद्धता प्रकट गर्नुभएको थियो। साथै मन्दिर परिसरको तल्लो भागमा बाँध बनाएर ठुलो पोखरी बनाएर डुङ्गा संचालन गर्ने तथा परिसरमा रहेको रुखमा ट्री हाउस बनाएर मन्दिरलाई आयआर्जनको लागि टेवा पुर्याउनको ५० लाख रुपैयाको योजना निकट भविष्यमा नै संचालन गरिने प्रतिवध्दता गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यक्त गर्नुभएको सचिव पोखरेलले जानकारी गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?