तनहूँ १ मा रामचन्द्र पौडेल विरुद्ध एमालेका एकबहादुर रानाको उमेदवारी

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर रानाले उमेदवारी दर्ता गर्नुभएको छ । उमेदवारी दर्ता पश्चात प्रतिक्रिया दिदै रानाले लामो समयसम्म तनहूँले नेपाली कांग्रेसका नेतालाई मौका दिईरहदा पनि उहाँले जिल्लाको बिकासमा केहि काम गर्न नसकेको हुनाले आफुले उमेदवारी दिएको बताउनुभएको थियो ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उमेदवारी दर्ता गर्नुभएको छ भने उत्त क्षेत्रबाट नै राप्रपाबाट बिनोद घर्ति, राप्रपा नेपालबाट कृष्णप्रसाद पौडेल, स्वतन्त्र उमेदवारका रुपमा नेपाली कांग्रेस रामचन्द्र पौडेलका चिरपरिचित प्रतिद्धन्द्धि नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी, केहि समय अगाडि नेपाली कांग्रेसबाट अलग हुनुभएका युवा नेता विश्व बास्तोला, मुर्तिकार तथा सामाजिक अभियन्ता पृथ्वीनारायण श्रेष्ठले स्वतन्त्र उमेदवारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?