रामचन्द्र पौडेलद्धारा तनहूँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराउनुभएको छ । काठमाण्डौबाट हवाई मार्ग हुदै पोखराबाट दमौली आउनुभएका पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहूँ, दमौलीमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

२०७४ को निर्वाचनमा नेकपा एमालेको गठबन्धनका उमेदवार कृष्णकुमार श्रेष्ठ किसान सग पराजित हुनुभएका पौडेल पुनः उक्त क्षेत्रमा उमेदवार हुनुभएको हो । गठबन्धन साझेदार दल नेकपा माओवादीलाई पनि साथ लिएर तनहूँ क्षेत्र नं. १ मा विजयी बन्न खोज्नुभएका पौडेलका लागि तगारोको रुपमा नेकपा एमालेका एकबहादुर राना, पौडेलका चिरपरिचित प्रतिद्धन्दी गोविन्दराज जोशी र लामो समयसम्म पौडेलको चुनावी कमाण्डर रहनुभएर भर्खरै नेपाली कांग्रेस परित्याग गर्नुभएका नेपाली कांग्रेस तनहूँका पूर्व सचिव विश्व वास्तोला हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?