खर्चको अभावमा मृगौला पीडितद्धारा सहयोगको अपिल

  • ख-
  • ख+

तनहूँं । लम्जुगं जिल्ला सुन्दरबजार नगरपालिका नगरपालिका वडा नं. १ कुञ्छा घर भई दमौलीमा बस्दै आउनुभएका दुवै मृगौला पीडित ४५ बर्षीय अमृतबहादुर खत्रीले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।
आर्थिक अभावले मृगौला प्रत्यारोपण गर्न नसकेपछि वहाँले सहयोगको लागि अपिल गर्नुभएको हो ।
सुरुमा पेट दुख्ने, वाकवाकी लाग्ने समस्या भएपछि गण्डकी अस्पताल पोखरा उपचारका लागि जानुभएको वहाँ विगत ५ महिनादेखि दुवै मृगौला फेल भएको र उपचारमा खर्च अभाव भएको वहाँले बताउनुभयो । खत्रिीको स्वास्थ्य जाँचको क्रममा दुवै मृगौला फेल भएको पत्ता लागेपछि हप्ताको १ पटक डाइलासिस गर्दै आउनुभएको छ ।
वहाँकी श्रीमती सिता के. सीं का अनुसार सिता केसीका अनुसार हालसम्म उपचारका लागि करिव ९ लाख रुपैयाँ खर्च भइसकेको छ । आफूसंग भएको केहि रकम र आफन्तहरुसग सापटी लिएर उपचार गर्दै आएको वहाँले बताउनुभयो । आफूले मृर्गौला दिएर प्रत्यारोपण गर्ने भनेपनि यसका लागि आर्थिक अभाव भएकोले प्रत्यारोपण गर्न नसकेको के. सी. को भनाई रहेको छ । वहाँले आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण आफ्नो श्रीमानको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।
माघको पहिलो साता भक्तपुरमा मृगौला प्रत्यारोपण गर्ने योजना रहेपनि भएका सबै रकम सकिएकोले उक्त काम हुन नसेको वहाँहरुको भनाई रहेको छ ।
बहिनी सत्यदेवी कुँवरका अनुसार उपचारका लागि धेरे खर्च लाग्ने भएपछि ठाउँठाउँमा सहयोगको अपिल गरिएको छ । दाईको ज्यान बचाउन सबैसंग सहयोग संकलन गर्दै हिँडेको उहाँले बताउनुभयो । मृगौला पीडित खत्रीको ठुलो छोरा विदेशमा छन् । घरमा श्रीमती र कान्छा छोरा छन् । सहयोग गर्न चाहनेले छोरा प्रविन खत्रीको सिद्धार्थ बैंक दमौली शाखामा रहेको खाता नम्बर ०३२१५२१७७५४ मा रकम जम्मा गर्न सक्ने परिवारले बताएको छ । सहयोगी मनले स्वंय अमृतबहादुर खत्रीको मोवाईल नम्बर ९८२५१७४९६२, ९८४६०९००९४ र बहिनी सत्यदेवी कुँवरको मोवाईल नम्बर ९८४६८४७४७५ मा सम्पर्क गर्न भनिएको छ ।

(चौतारी सम्वाददाताको सहयोगमा तयार पारिएको )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?