नेकपा एकिकृत समाजवादी बन्दिपुरका अध्यक्ष गुरुङ एमाले प्रवेश

  • ख-
  • ख+

तनहूँ । नेकपा समाजवादी एकिकृतका बन्दिपुर गाउपालिका कमिटीका अध्यक्ष चतुरमान गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकमा नेकपा अध्यक्ष गुरुङका साथमा बन्दिपुर ५ की नेपाली काङ्रगेसकी कार्यकर्ता अमृता नेपाली पनि नेकपा एमाले प्रवेश गर्नुभएको छ । गुरुङ र नेपालीलाई एमाले केन्द्रिय सदस्य भगवती न्यौपानेले टिका र तनहूँ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उमेदवार एक बहादुर रानाले दोसल्ला लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा तनहूँ क्षेत्र नं. १ १ का प्रदेश सभा सदस्य उमेदवार रामबहादुर गुरुगं, कार्यक्रममा तनहूँ क्षेत्र नं. १ १ का प्रदेश सभा सदस्य उमेदवार पुर्ण बहादुर गुरुग, नेकपा एमाले तनहूँका उपाध्यक्ष हरिराज कडेंल, बन्दिपुर गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले तनहूँका नेता सुरेन्द्र बहादुर थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?