तनहूँ। नेकपा (एमाले) शुक्लागण्डकी–८ ले पाटनमा तनहुँ क्षेत्र न. २ प्रदेश सभा (क) को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । विहिवार एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका तनहुँ क्षेत्र न. २ प्रदेश सभा (क) का उम्मेदवार श्यामराजा महतले कार्यालयको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै नेता महतले ढोर क्षेत्रबाट पहिलोपटक संसदीय राजनितिमा जाने मौका मिलेको बताउदै यस क्षेत्रका जनताले अत्याधिक महतले विजयी गराउने विश्वास व्यक्त गरे । उनले जनताको जनजिविका, भ्रष्टचार विरुद्ध आवाज उठाउने र निति निर्माणकालागि आफ्नो मुख्य भूमिका रहने प्रष्ट पारे । साथै यस क्षेत्रको सम्मुनत विकासकालागि ५ वर्षको कार्यकालमा समर्पित रहने उल्लेख गरे । ‘मलाई प्रदेश सभामा पठाउनुहोस, उनले भने, ‘मतदाताको शिर निहुराउने काम नगरी, इज्जतका साथ आउनेछु, ।’ उनले गण्डकी प्रदेश सभामा नेकपा एमालेको बहुमत आउने दाबी गर्दै तनहूँले मन्त्री पाउने उल्लेख गरे । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाले गठबन्धनको सरकार बनेपछि देशमा अस्थिरता आएको बताए । ‘परमादेशको आदेशले एमालेका सरकार ढल्यो,’ उनले थपे, त्यसपछिका समय हेर्नुस त, सरकार जोगाउने मात्र खेल छ । देशमा स्थिरता र समृद्ध नेपाल निर्माणकोलागि एमाले सरकार अपरिहार्य छ ।’
२०३४ सालमा कम्युनिष्टको सदस्यता लिएर परिवर्तनको आन्दोलनमा होमिएका प्रदेश सभा सदस्यका उम्मेदवार महत वि.स. २०४४ सालको उपनिर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा पराजय व्यहोरेका थिए । २०४२ सालमा नै प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक पटक जेल जीवन बिताएका महत वि.स. २०५४ सालदेखि ०५९ सालसम्म नगर उन्मुख नमुना ढोरफिर्दी गाविसको अध्यक्ष भए । नेकपा माले, मानन्धर समुह हुदै ४ पटक जिल्ला कमिटी सदस्य बनेका उनी हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य हुन् । २०४९ सालमा रामचन्द्र पोख्रेल जिल्ला विकास समितीको अध्यक्ष हुदा महत जिल्ला विकास समितीका निर्वाचित सदस्य हुन । लामो समयसम्म राजनिती र जनप्रतिनिधीको रुपमा काम गरेका महत कम्युनिष्ट आन्दोलनमा नेतृत्वमा रहेका काम गरेका नेता हुन् ।
२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार माओवादी नेतृ आशा कोइरालाले काङग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेललाई सो क्षेत्रमा ५ मतको अन्तरले पराजित गरेकी थिइन् । अहिले काङग्रेस नेता पौडेल काठमाडौं–५ बाट उम्मेदवार भएर चुनावमा होमिएका छन् । यसअघि माओवादी केन्द्रले जितेको सो क्षेत्रमा यसपटक पनि सत्ता गठबन्धनको तर्फबाट माओवादीका केन्द्रिय सदस्य राजेन्द्रकेशरी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमाले शुक्लागण्डकी–८ वडा कमिटी अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुल बहादुर भुजेलले गरेका थिए ।








