सेवर दुग्घ उत्पादक सहकारी संस्थाको ३० औं साधारण सभा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० मा रहेको सेवर दुग्घ उत्पादक सहकारी संस्थाको ३० औं साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम कारवाही अगाडि बढाएकोले कृषकको हकहितमा काम गर्ने बताउनुभएको छ । उहाँले नेपाल सरकारको नीति अनुसार छिट्टै नै नगरपालिकाले खेतियोग्य जमिन र आवास योग्य जमिनको वर्गिकरण गर्न लागेकोले यसले पनि कृषि उत्पादन र कृषकको लागि सहयोग पुग्ने विश्वास गर्नुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष खेमराज पोखेरल, व्यास ११ का वडा अध्यक्ष दलबहादुर दुरा, तनहूँ दुग्घ उत्पादक राष्ट्रिय सहकारी बोर्डका वरिष्ठ उपाध्यक्ष एवं सहकारी संस्था लिमिटेडका अध्यक्ष अम्बर बहादुर कुवर, वडा सदस्यद्धय यज्ञराज शर्मा र ईश्वर पौडेल, सेवर टोल बिकास संस्थाका अध्यक्ष तिलबहादुर थापा, दुम्सि दुग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटा, उक्त क्षेत्रका समाजसेवीहरु टिकाराम दाहाल, मदन तिमल्सेना, प्रेमराज मिश्र लगायतका महानुभावहरुले संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिदत्त अधिकारीले प्रगति प्रतिवेदन र संस्थाका लेखा समितिका अध्यक्ष रामजी तिमल्सेनाले आर्थिक प्रतिवेदन प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका तर्फबाट सेयर सदस्य परिवारका जेष्ठ सदस्य र संस्थामा धेरै दुघ बितरण गर्ने कृषकहरुलाई नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?