नेकपा एमाले ब्यास १० को सम्पर्क कार्यालय उद्वाघाटन

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ को निर्वाचनलाई लक्षित गरि नेकपा (एमाले) व्यास नगर कमिटी वडा १० ले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश कानुनी सल्लाहकार सदस्य मायानाथ कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि कोईरालाले निर्वाचन पश्चात विजयी हुने जनप्रतिनिधिले देश र जनताको भलाईको लागि काम गर्नुपर्ने भएकोले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु चनाखो भएर मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै एमालेका स्थानिय नेताहरु तिल बहादुर थापा (क), गणेश कुमार वि. क , तिल बहादुर थापा (ख), विष्णुमाया न्यौपाने, खुम बहादुर दरै, भिम प्रसाद ढकाल, बेल बहादुर दरै, उदय आर्चायले निर्वाचन प्रचार प्रसारलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा वडा कमिटिका अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा १६६ जना सदस्यिय निर्वाचन परिचालन कमिटि गरिएको छ । उक्त कार्यक्रमको संचालन वडा सचिव रामु बरुवालले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?